अफताब आलम थप ५ दिन प्रहरी हिरासतमै रहने • Image Khabar Image Khabar


अफताब आलम थप ५ दिन प्रहरी हिरासतमै रहने


Imagekhabar
३ कार्तिक २०७६, आईतवार १५:०५

अफताब आलम थप ५ दिन प्रहरी हिरासतमै रहने

रौतहट, कात्तिक ३ । बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको समय पाएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलाशले पूर्वमन्त्रीसमेतरहेका आलमलाई अरु ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न समय दिएको हो ।

पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नै घरमा बम बनाइरहेका बेला भएको विष्फोटमा परी घाइते भएकालाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले गएको असोज २६ गते पक्रेको थियो ।

आलमले पनि आफु अस्वस्थ रहेको भन्दै बयान दिन आनाकानी गरेकाले फेरि म्याद थपिएको हो ।

प्रतिक्रिया दिनुहोस्