
काठमाडौं, कात्तिक १ । १६ वर्षमुनिको पहिलो महिला दक्षिण एसियाली नेटबल च्याम्पियनसिप प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।
शुक्रबारदेखि राजधानीमा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले पाकिस्तानलाई ३८–१३ को फराकिलो अन्तरले पराजित गर्यो ।
नेपालको जितमा ‘वुमन अफ दी म्याच’समेत बनेकी ओजस्वी निरौलाले १३ अंक बटुलिन् ।
शुक्रबार नै भएको दोस्रो खेलमा भने नेपालले माल्दिभ्ससित पराजय व्यहोर्यो ।
निकै प्रतिस्पर्धात्मक खेलमा माल्दिभ्सले नेपाललाई ३५–२७ ले स्तब्ध बनायो । माल्दिभ्सकी आमिनाथ आनी ‘वुमन अफ दी म्याच’ घोषित भइन् ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शुक्रबार नै भएको अर्को खेलमा भारतले मिश्रित नतिजा निकाल्यो ।
भारतले पहिलो खेलमा माल्दिभ्सलाई ४१–२१ ले हराउँदा श्रीलंकासित ४०–२४ ले पराजित भयो ।
नेपालमा पहिलोपटक आयोजना भएको च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका छन् ।
च्याम्पियनसिप यही कात्तिक ५ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्