Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


पीसीआर परीक्षणको तोकिएभन्दा बढी शुल्क लिए कार्वाहीः स्वास्थ्य मन्त्रालय


0
Shares

काठमाडौं, वैशाख । कोरोनाको पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी सरकारले प्रयोगशालाहरुलाई दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क लिँदा तोकिएभन्दा बढी उठाएको गुनासो आएकाले थप शुल्क नलिन निर्देशन दिएको हो ।

सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न यसअघि नै शुल्क तोकेको थियो ।

तोकिएभन्दा बढी शुल्क लिएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट नै हटाइने चेतावनी मन्त्रालयले दिएको छ ।