
काठमाडौं, असोज २८ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
आज आफ्नो ट्वीटर ह्याण्डल @paras77 बाट उनले राजीनामा गरेको घोषणा गरेका हुन् ।
नेपाली क्रिकेटको निलम्बन फुकुवा भएकोमा खुशी व्यक्त गर्दै नेपाली क्रिकेट, खेलाडी र यसका अरु पक्षमा राम्रो गर्न उनले नवनिर्वाचित कमिटीलाई शुभकामना पनि दिएका छन् ।
त्यसै ट्वीटमा उनले थप लेखेका छन्, ‘मैले नेपाली क्रिकेट टीमको कप्तानबाट राजीनामा दिने निर्णय गरेको छु । जय नेपाल !’
नेपाली क्रिकेटले भर्खरै निर्वाचित बोर्ड पाएको र अन्तर्राष्ट्रिय क्रिकेट कमिटीबाट शर्तसहितको निलम्बन फुकुवा पाएकै बेला नेपाली क्रिकेट टोलीका कप्तान खड्काले राजीनामा घोषणा गरेकामा सबै आश्चर्यचकित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्