२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


यसरी परे आफताब कानुनको फन्दामा


0
Shares

रौतहट । केन्द्रीय सत्ता र स्थानीय वर्चस्वको भरमा अपराधको सञ्जाल सञ्चालन गर्दै आएका रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद महम्मद आफताब आलमसम्म अन्ततः कानुनको हात पुगेको छ ।

कानुनको हात लामो हुन्छ भन्ने भनाइ यति बेला चरितार्थ भएको छ। पटकपटक मन्त्री भएका, दुई कार्यकाल नेपाली कांग्रेस रौतहटको सभापति भएका तथा कोइराला परिवारसँग घनिष्ट सम्बन्ध भएका आलम कानुनी कठघरामा पुगेका छन् ।

२०६४ चैत २७ को साँझ छिमेकमा अकल्पनीय आवाजमा बम विस्फोट हुँदा मुटु थर्केका ७६ वर्षीय धरिछन साहलाई उक्त दिनको घटना राम्ररी सम्झना छ ।

‘विस्फोटलगत्तै कोलाहल मच्चियो र मान्छेको भागाभाग भयो’, उनी सम्झन्छन्, ‘आकाशमा कालो मुस्लो उठ्यो। मान्छेको चिच्याहटले वातावरण नै डरलाग्दो बनायो ।’

पहिलो संविधानसभा चुनावको अघिल्लो साँझ भएकाले कुनै अनिष्टले मुट काम्यो र एक मिनेटमै धेरै मान्छे मरे भन्ने हल्लाले गाउँभरि मौन डर व्याप्त भयो ।

विस्फोट भएको घर थियो पूर्वमन्त्री शेख इद्रिसको । उनले गाउँमा कहिल्यै चुनाव हुन दिएका थिएनन् । जहिले पनि बुथ क्याप्चर गरेर चुनाव जित्ने इद्रिसका भतिजा आफताबले पनि त्यसकै सिको गरेका थिए ।

भोलिपल्ट चैत २८ मा हुने संविधानसभा निर्वाचनमा आफ्नो गाउँको बुथ र मुस्लिम बहुल अन्य गाउँका बुथ क्याप्चर गरी सबै भोट आफ्नो पक्षमा पार्न उनले बम बनाउन लगाएका थिए। सोही क्रममा विस्फोट भएको थियो ।

बम बनाउने कारिगरमध्ये कसैले चुरोट खाएर फालेको ठुटोबाट सल्केर विस्फोट हुन गएको थियो ।-नागरिक दैनिकबाट