संक्रमणको अवस्थामा औषधि र जनशक्ति व्यवस्थापन गर्न सरकारलाई आग्रह • Image Khabar Image Khabar


संक्रमणको अवस्थामा औषधि र जनशक्ति व्यवस्थापन गर्न सरकारलाई आग्रह


Imagekhabar
८ बैशाख २०७८, बुधबार १८:५६

संक्रमणको अवस्थामा औषधि र जनशक्ति व्यवस्थापन गर्न सरकारलाई आग्रह

काठमाडौं, बैशाख ८ । सांसदहरुले कोरोना संक्रमण बढिरहेको समयमा आवश्यक पर्ने उपकरण, औषधि र जनशक्ति व्यवस्थापन गराउन सरकारलाई आग्रह गरेका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको छलफलमा उनिहरुले उपचारमा प्रयोग हुने औषधि, अक्सिजन, पीसीआर किट लगाएतका आवश्यक सामाग्री तयारी अवस्थामा राख्न आग्रह गरेका हुन ।

छलफलमा सांसद अञ्जना विशंखेले संक्रमणको दर बढेसँगै नन कोभिडका विरामीलाई समेत प्राथमिकतामा राख्न, आवश्यक परे टेलिमेडिसिन सेवा समेत सुचारु गर्न आग्रह गर्नुभयो ।

कोभिडमा कार्यरत चिकित्सकहरुलाई दिने भनिएको सेवा सुविधा समेत किन नदिएको भएको सांसदहरुले प्रश्न समेत गरेका थिए ।

छलफलमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले दुई हप्ता भित्र ८ वटा ठुला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी भएको बताउनुभयो ।

यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले वागमति, गण्डकी र लुम्विनी प्रदेशमा सक्रिय संक्रमितको संख्या धेरै रहेको भन्दै अबका दिन चुनौती पुर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्