चीनसँगका सबै सम्झौता अनुदानमा • Image Khabar Image Khabar


चीनसँगका सबै सम्झौता अनुदानमा


Imagekhabar
२७ आश्विन २०७६, सोमबार ०६:१६

चीनसँगका सबै सम्झौता अनुदानमा

काठमाडौैं, असोज २७ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सबै सम्झौता तथा समझदारी चिनियाँ अनुदानबाट कार्यान्वयन हुने भएका छन् ।

बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, केरुङ–काठमाडौं (सुरुङमार्गसहित) सडक निर्माण अघि बढाउने र अन्य प्राविधिक तथा प्रशासनिक सम्झौता अनुदानअन्तर्गत मात्रै रहेको सरकारले जनाएको छ ।

‘यसपटक नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनको खर्च ऋणअन्तर्गत बजेट हुने छैन,’ अर्थमन्त्री युवराज खतिवडाले भने । –कान्तिपुर दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्