१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


हतियारसहित ठमेलबाट दुईजना पक्राउ


0
Shares

काठमाडौं, जेठ ३१ । महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर– त्रास दिइ रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई बुधबार राति ठमेलको ज्याठागल्लीबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट एकथान रिभल्वर र एकथान खुकुरी बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई परिसरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस