 
	    एजेन्सी । म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति लण्डनको वेम्बले रंगशालामा भएको सेमिफाईनल खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई १–० ले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई विजयी गराउन हकिम जियचले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो हारसँगै म्यान्चेस्टर सिटीको सिजनमा सबै चार वटा महत्वपूर्ण उपाधि जित्ने सपना टुटेको छ ।
चेल्सी भने प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा पहिलो पटक कुनैपनि प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । चेल्सीले अब फाईनलमा लेष्टर सिटी र साउथह्याम्पटनबिच आज हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्