सिन्धुपाल्चोकको भीमटारमा बस दुर्घटनाः पाँच जनाको मृत्यु • Image Khabar Image Khabar


सिन्धुपाल्चोकको भीमटारमा बस दुर्घटनाः पाँच जनाको मृत्यु


Imagekhabar
२४ आश्विन २०७६, शुक्रबार ११:५३

सिन्धुपाल्चोकको भीमटारमा बस दुर्घटनाः पाँच जनाको मृत्यु

सिन्धुपाल्चोक, असोज २४ । सिन्धुपाल्चोकको भीमटारमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सिपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बस दुर्घटना हुँदा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा चार जना पुरुष र एक महिला रहेका छन् ।

बसमा ४५ देखि ५० जना यात्रु रहेको प्रहरीको अनुमान छ । प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेलतर्फ पठाएको छ ।

उनीहरुको सनाखत हुन सकेको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्