
काठमाडौं, असोज २१ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
पश्चिम बंगलको उत्तरतर्फ रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भू–भागमा तथा पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मंगलबार विजयादशमीको दिन दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
त्यसैगरी, बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
‘देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भएकाले सामान्य सतर्कता अपनाउनुहोला’–महाशाखाले आगामी २४ घन्टाका लागि सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्