Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधारणलाई ‘भेरोसेल’ खोप लगाइँदै


0
Shares

काठमाडौ । चिनियाँ कम्पनीको ुभेरोसेलु खोप ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधारणलाई आज लगाइँदै छ।

अत्यावश्यक सेवामा खटिएका बसका चालक र सहचालकसहित १८ देखि ६० वर्षका व्यक्तिलाई पनि खोप लगाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयकाअनुसार फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइनेछ।

चीनबाट ल्याइएको यस भेरोसेल खोप चैत २९ गतेसम्म ३१ हजार व्यक्तिले लगाइसकेका छन्। ४० वर्षदेखि ५९ वर्षका सर्वसाधारण नागरिकले पनि खोप केन्द्रमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्नेछन्। चैत २५ गतेबाट खोप लगाउन सुरू गरिएको हो।

Skip This