
काठमाडौं, चैत २६ । ईमेज टेलिभिनजनको प्रमुख कार्यकारी अधिकृतमा गम्भीरकान्त मैनाली नियुुक्त हुनुभएको छ ।
नेपाल टेलिभिजनको महाप्रबन्धक रहिसक्नु भएका मैनालीलाई बिहीबार एक कार्यक्रमका बीच ईमेज गु्रप अफ कम्पनीज्का अध्यक्ष आके मानन्धरले ईमेज टेलिभिजनमा स्वागत गर्नुभएको हो ।
मैनालीलाई स्वागत गर्दै अध्यक्ष मानन्धरले नयाँ नयाँ प्रविधिको उपयोग गर्दै संस्थालाई अगाडि लैजान उत्साहका साथ मैनालीलाई स्वागत गरिएको बताउनुभयो ।
यस्तै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मैनालीले सबैको साथ सहयोग लिएर यस कम्पनीलाई अझ सशक्त रुपमा अगाडि लैजाने प्रयास गर्ने बताउनुभयो ।
सो अवसरमा ईमेज टेलिभिजनका निवर्तमान कार्यकारी प्रमुख लक्ष्मण हुमागाईलाई बिदाई समेत गरिएको थियो ।
बिदाई मन्तब्य दिदै हुमागाईले कोभिडको त्रासपूर्ण र असहज परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउन आफूले प्रयत्न गरेको र ईमेज परिवारको पूर्ण सहयोग गरेको धारणा राख्नुभयो ।
निवर्तमान प्रमुख कार्यकारी अधिकृत हुमागाईलाई सरकारले नेपाल विज्ञापन वोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्