कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिए सामूहिक राजीनामा, सरकार अल्पमतमा • Image Khabar Image Khabar


कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिए सामूहिक राजीनामा, सरकार अल्पमतमा


Imagekhabar
२४ चैत्र २०७७, मंगलवार १८:०४

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिए सामूहिक राजीनामा, सरकार अल्पमतमा

सुर्खेत, चैत २४ । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागि एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका हुन् ।

एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

नेकपा विभाजनपछि एमालेले यही चैत्र ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियोे ।

कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्ये माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेको पत्र संसदलाई बुझाएको छ ।

अब प्रदेश सभामा ३९ जना संसद छन् ।

यीमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्