मदिरा भट्टीको खाल्डोमा डुबेर भट्टी सञ्चालकसहित पाँच जनाको मृत्यु • Image Khabar Image Khabar


मदिरा भट्टीको खाल्डोमा डुबेर भट्टी सञ्चालकसहित पाँच जनाको मृत्यु


Imagekhabar
१६ आश्विन २०७६, बिहीबार ०६:१२

मदिरा भट्टीको खाल्डोमा डुबेर भट्टी सञ्चालकसहित पाँच जनाको मृत्यु

काठमाडौं, असोज १६ । बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको छ ।

मदिरा भट्टी सञ्चालक करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, उनका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

भारतीय नागरिक लालमुनीका बुवा हुन् ।

प्रहरीका अनुसार उनीहरु बुधबार बेलुकी करिब ८ बजे एउटै खाल्डोमा डुबेका हुन् ।

मदिरा उत्पादन गर्न घरभित्रै बनाइएका २ वटा खाल्डामध्ये पानी रहेको खाल्डामा उनीहरु डुबेका हुन् । एउटा खाल्डो (ट्यांकी) मदिरा बनाउने गुडले भरिएको छ । बिजुलीको पोलबाट हुक लगाएर बत्ती बाल्ने गरेको देखिएकाले करेन्ट लागेको पनि हुन सक्ने प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए । –कान्तिपुर दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्