३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


उपत्यकाबाट १० दिनमा १० लाख बाहिरिए


0
Shares

काठमाडौं, असोज १५ । टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरिएका छन् ।

दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन् ।

त्यस्तै यात्रुसँग बढी भाडा लिने २०८ जनालाई कारवाही गरिएको छ । –कान्तिपुर दैनिकबाट