बारामा एक युवाको धारिलो हतियार प्रहार गरी हत्या • Image Khabar Image Khabar


बारामा एक युवाको धारिलो हतियार प्रहार गरी हत्या


Imagekhabar
२५ फाल्गुन २०७७, मंगलवार ०९:५०

बारामा एक युवाको धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौं । बारामा एक युवाको हत्या भएको छ । निजगढ नगरपालिका–९ बुद्धचोकमा १९ वर्षीय रोहित शर्माको धारिलो हतियार प्रहार गरी हत्या भएको होे । मंगलबार बिहान शर्माको घरभित्रै हत्या भएको बताइएको छ ।

रौतहट चन्द्रनिगाहपुर घर भएका शर्मा निजगढमा रहेको आफ्नै घरमा बस्दै आएका थिए । दुई तले घरको तल्लो तलामा खाजा पसल छ । माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए । उनी पेन्टरको काम गर्दथे ।

मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो ।

प्रहरीले युवकको हत्या आरोपमा शंकास्पद एक व्यक्ति पक्राउ गरेको छ । रौतहटको चपुरबाट शंकास्पद व्यक्ति पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्