Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


महिलाहरु नै बेखबर छन् : सन्दर्भ मार्च ८


0
Shares

केशव कोइराला

बर्दिया । पछिल्ला दिनहरूमा महिला मुक्तिको अन्य आयामहरूमा पनि फैलिएको छ । यो एक महान ‘पर्व’ होे । दिवस मनाउन सुरु गरेको ६ दशक पुग्दापनि नेपाली महिलाहरू जो गाउँ तथा बस्तीहरूमा बस्छन्, सामाजिक आर्थिक रूपले पिछडिएका छन्, यो चाडसँग आफ्नो खुसी साट्नु र अधिकारको लागि थप बल प्राप्त गर्नु त कहाँ हो, कहाँ यो दिवसका बारे महिलाहरु स्वयं जानकार समेत छैनन् ।

बोक्सीको आरोपमा मानव मलमूत्र खुवाइने जस्ता जंगली समाजिक संरचनाका छवीहरू अहिलेपनि देखिने गरेका छन् । हक अधिकारका लागि लामो समयदेखि विश्वभरिका महिलाहरुले संघर्ष गरेका छन् । नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भएका छन् । ती संघर्षमा महिलाको उपस्थिति उल्लेख्य छ । तर, आजसम्म पनि नेपालमा महिला उत्पीडिनको भयावह अवस्था नै रहेको छ ।

महिलाहरु सबै श्रमिक भएको र उनिहरुको तह मात्रै फरक भएको भन्दै महिलाहरुले श्रम अनुसारको मूल्य नपाएमा आफूहरु त्यसको पक्षमा वकालत गर्ने सहायक महिला अधिकृत प्रतिमा महतराको भनाइ छ । ‘हामी सबै श्रमिक हो, उहाँले भन्नुभयो ‘तर त्यसको तह, प्रकार फरक होला, काम गर्ने खानै नपुग्ने होला समान कामको समान ज्याला नपाएको खण्डमा आवाज उठाउने काम गछौं ।’

नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिने भनी संयुक्त राष्ट्र सङ्घबाटै अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालेपनि संसारका सबै देशका सबै नारी पुरुष सरह स्वतन्त्र भने अझै हुन सकेका छैनन् । उसो त महिला बिना संसार शुन्य छ भनेर झुट्टा बखान गर्नेहरुपनी हाम्रै समाजमा छन् ।

महिलाहरु बन्धनमुक्त होउन्, उनीहरूमा पनि जागरण पैदा होस् भन्ने विश्वव्यापी मान्यताका साथ दिवश मनाउन थालेपनी नेपालका अधिकाशं महिलाहरु चुलो चौको र मेलापातमै सिमित भएका छन् । महिला स्वतन्त्रता बारे अक्षरस कानुन बनेपनी व्यवहारीक रुपमा पालना नगरिदा महिला स्वतन्त्रतामा चुनौति थपिएको छ ।