विदेशमा इन्द्रजात्रा - Image Khabar
Everest Bank

विदेशमा इन्द्रजात्रा

काठमाडौं, भदौ ३१ । इन्द्रजात्रा पर्व र कुमारी जात्रा विदेशमा पनि मनाइएको छ ।

नेपालमा मंगलबार कुमारी जात्राको अन्तिम दिन भएकाले भारत, बेलायत, अमेरिका, अष्ट्रेलिया क्यानडालगायतका देशमा बसोबास गर्ने नेपालीले पनि यी पर्वहरु मनाएका हुन् ।

अष्ट्रेलियाको एडिलेडमा यो वर्ष पहिलोपटक कुमारीकारुपमा बालिका रथमा राखी रथयात्रा निकालिएको छ ।

सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरी लाखे, पुलुकिसी, देवी नाच प्रदर्शन गरिएको थियो ।

नयाँपुस्तालाई आफ्नो देशको कला, संस्कृतिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्