८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पतिको हत्या गरी ५ वर्षीया छोरी छाडेर राति नै फरार


0
Shares

सन्तोष पुर्कुटी

ताप्लेजुङ, जेठ ३१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा धारिलो हतियार प्रहार गरि एक महिलाले आफ्नो श्रीमानको हत्या गरेकी छन् ।

अन्दाजी २५ वर्षीया शर्मिला लिम्बुले २४ वर्षीय पति दुर्गा लिम्बुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हत्यापछि आफ्नी ५ वर्षीय छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

पिताको शवसँगै रहेकी छोरी बिहान रोएको सुनेपछि छरछिमेकले थाहा पाएका थिए । लगत्तै प्रहरीलाई स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फरार शर्मिलाको खोजी भईरहेको जनाइएको छ । घटना कसरी भयो भन्ने यकिन भईसकेको छैन ।