
सोलुखुम्बु, भदौ ३१ । सोलुखुम्बुको मेरापिक क्षेत्रमा लेक लागेर मंगलबार एकजना पर्यटकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय मूलका केन्याका ३३ वर्षीय गोविन्द लखमान छन् ।
करिब चार हजार २०० मिटरको उचाइमा लेक लागेर भ्रमण दलका एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए ।
यस्तै, लेक लागेरै बिरामी भइ अलपत्र परेका ७ विदेशी र एक नेपालीसहित ८ जनाको भने उद्धार गरिएको छ ।
उनीहरुलाई कैलाश र डाइनेष्टि एअरका हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
केही दिनयता लगातार परेको वर्षाले पर्यटकहरुलाई हिँड्डुलमासमेत प्रभाव पारेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्