२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बुन्डेसलिगा फुटबलमा ५ खेल हुँदै


0
Shares

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज ५ खेल हुँदैछन् । आज साविक विजेता बायर्नले घरेलु मैदानमा एफसी कोल्नसँग खेल्नेछ ।

लिग लिडर बार्यन जित निकाल्दै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ । बायर्न ४९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । कोल्न २१ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

उपाधि दाबेदार लेप्जिगले घरेलु मैदानमा बोरुसिया मन्छेनग्लाडबाखसँग खेल्नेछ । लेपजिग ४७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मन्छेनग्लाडबाख ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस्तै डर्टमण्डले घरेलु मैदानमा अर्मिनियासँग खेल्नेछ । डर्टमण्ड ३६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अर्को खेलमा स्टुटगार्डले साल्केसँग खेल्दा उल्फवर्गलेहेर्था बर्लिनसँग खेल्नेछ ।