 
	    काठमाडौं । संसदको राज्य व्यवस्थामा अंगीकृत नागरिकताका विषयमा बहस चलिरहेको छ । निरन्तर छलफल चलिरहेको छ ।
सरकार र राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयले नयाँ प्रस्ताव समेत तयार पारिसकेको छ । यद्यपी, नागरिकता सम्बन्धी विधेयकमा अंगीकृतका बारेमा सहमति भने जुट्न सकिरहेको छैन ।
नागरिकता सम्बन्धी छलफलका आधारमा बनेको पछिल्लो प्रतिवेदनले वैवाहिक अंगीकृत नागरिकताका लागि महिला र पुरूषलाई छुट्टाछुट्टै कानुनी व्यवस्था सिफारिस गरेको छ ।
नेपाली पुरूष नागरिकसँग विहे गरी आएका महिलाले यहाँको नागरिकता लिन चाहेमा ७ वर्ष बसेपछि अंगीकृत नागरिकता दिने र नेपाली महिलासँग विहे गरी आएका पुरूषले भने १५ वर्षमा नागरिकता पाउने प्रस्ताव उक्त प्रतिवेदनमा गरिएको छ ।
उक्त प्रतिवेदनले विदेशी महिलाका लागि खुकुलो र विदेशी पुरूषका लागि कसिलो अर्को व्यवस्था पनि गरेको छ । विहे गरी आएका महिलालाई सात वर्षसम्मका लागि राजनीतिक बाहेक अन्य अधिकारको सुनिश्चितता हुने वैवाहिक परिचयपत्र दिने प्रस्ताव प्रतिवेदनमा छ ।
विहे गरी आएका विदेशी पुरूषलाई भने १५ वर्ष नेपालमै बसेको हुनुपर्ने, असल चालचलन भएको र नेपालमा बोलिने कुनै एक भाषा जानेको हुनुपर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्