१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपालले चाइनिज ताइपेईलाई हरायो


0
Shares

काठमाडौं, भदौ २४ । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ ।

मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो ।

ताइपेई रंगशालामा सम्पन्न खेलमा नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् ।

नेपालले सुुरुदेखि नैै आक्रामक खेल प्रदर्शन गरेको थियो ।

खेलको चौथो मिनेटमा सुजल श्रेष्ठले हानेको ‘फ्रीकिक’मा अञ्जनले ‘हेडगोल’ गरेका थिए ।

यस्तै, खेलको ६२औं मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

जितसँगै समूह ‘बी’मा रहेको नेपालले ३ अंक जोडेको छ । यसअघि, नेपाल कुवेतसँग ७–० गोलले हारेको थियो । रासस