२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


पूर्वराष्ट्रपति यादवले जनाए डा. केसीका मागप्रति ऐक्यबद्धता, डा. केसीले रगत परीक्षण गराए


0
Shares

काठमाडौं, साउन ७ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनशनरत् डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाएका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था बुझ्न सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका डा. यादवले डा. केसीको अवस्थाबारे सोध्दा डा. केसी केही बोल्न सकेनन् ।

यसैबीच, डा. केसीले आफ्नी आमा मित्रकुमारी केसीको आग्रहमा सोमबार रगत परीक्षण गराएका छन् ।

डा. केसीको रगतमा सम्पूर्ण ‘प्यारामिटर’हरु असामान्य देखिएको छ ।

रगतमा सेतो रक्तकोषिका र ग्लुकोजको मात्रा असाधारणरुपमा कम देखिएको छ ।

यस्तो अवस्थामा संक्रमण भइहाले त्यसले भयावह रुप लिनसक्ने चिकित्सकहरुले बताएका छन् ।