Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


बीपी प्रतिष्ठानका उपकुलपतीको कार्यकक्षमा चिकित्सकहरुबाट तालाबन्दी


0
Shares

सुनसरी, फागुन ५ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीको कक्षमा तालाबन्दी गरिएको छ ।

प्रतिष्ठान सुधार लगायतका माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबार गिरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

मेडिकल तथा डेण्डल फ्याकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पखरेलको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले तालाबन्दी गरेका हुन् ।

प्रतिष्ठानका पदाधिकारीहरुले प्रतिष्ठान सुधार गर्न पहल नगरी प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै चिकित्सकहरु आन्दोलित भएको समाजका अध्यक्ष पोखरेलले जानकारी गराउनुभयो ।

चिकित्सकहरु प्रतिष्ठान सुधार गर्न पदाधिकारीले पहल नगरेको, तीनबर्ष अगाडी देखि रोकिएको बढुवा प्रकृया अगाडी नबढाएको, कोरोना महामारीको जोखिम भत्ता नदिएको, २०७७ सालको वृद्धि भएको तलव उपलबध नगराएको, लगायतका माग राखेर आन्दोलित भएका जनाइएको छ ।