रबिन भट्टराई (इमेज)
झापा, साउन ७ । जगद्गुरु शंकराचार्य हेमानन्द गिरीलाई झापाको सुरुंगास्थित कोटिहोममा नागरिक अभिनन्दन गरिएको छ ।
जगद्गुरु शंकराचार्यको पदवी पाएपछि कन्काई नगरपालिकाका नागरिकले उनलाई पहिलोपटक अभिनन्दन गरेका हुन् ।
सोमबार एक कार्यक्रमकाबीच नगरबासीको तर्फबाट नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले अभिनन्दनपत्र प्रदान गर्दै सम्मान गरे ।
गत असार २६ गते गिरीलाई जगद्गुरु शंकाराचार्यको पदवी दिइएको थियो ।
हिन्दु धर्मावलम्बीको सर्वोच्च पदवी शंकराचार्य बन्नुअघि उनी महामण्डलेश्वर, आचार्य महामण्डलेश्वर भएकी थिइन् ।
शंकराचार्य इतिहासमा गिरी पहिलो महिला शंकराचार्य बनेकी हुन् ।
मोरङको पथरी–शनिश्चरेकी स्थायी बासिन्दा हेमानन्द गिरी भारतका चार पीठमध्ये उत्तराखन्डको पीठाधीश नियुक्त भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्