बृहत राष्ट्रिय दलित मुक्ति जागरण अभियान सुरु « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


बृहत राष्ट्रिय दलित मुक्ति जागरण अभियान सुरु


0
Shares

सप्तरी । सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा बृहत राष्ट्रिय दलित मुक्ति जागरण अभियान सुरु भएको छ । सप्तरीको राजविराज र दैलेखबाट एकैसाथ अभियान सुरु भएको छ ।

राजविराजस्थित रंगशालाबाट झण्डै १० हजार व्यक्तिको सहभागितामा निस्किएको र्‍यालीले ‘दलितलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर’, ‘दलित समुदायमाथि भएका दमनमा संलग्नलाई कारवाही गर’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानको मुल मर्ममाथि नै प्रहार गरेको भन्दै संविधानको रक्षार्थ सबै तयार हुनुपर्ने र्‍यालीका सहभागीहरूको जोड थियो ।