
झापा । पूर्वको पशुपतिनाथका रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा आज विहानैदेखि जल चढाउन भक्तजनको घुइँचो लागेको छ ।
साउन महिनाको पहिलो सोमबार भएकाले हजारौँ भक्तजनले मन्दिर पुगेर जल चढाएका छन् ।
धाम परिसरस्थित जलाशयको कुण्डमा रहेको जल उठाएर त्यहाँ रहेको महादेवको मूर्तिलाई चढाउँदा पुण्य प्राप्त हुने विश्वास छ ।
साउन महिनालाई वर्षकै पवित्र महिनाका रुपमा लिइन्छ ।
विवाहित महिलाहरु पतिको दीर्घायू तथा अविवाहितले सुयोग्य वरको कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।
अर्जुनधारा क्षेत्र परिसरभित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचिन पोखरी र यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाइरहेको मूर्ति पनि स्थापित छ ।
प्रतिक्रिया दिनुहोस्