
काठमाडौं । बिएण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बंगलादेशमा चिकित्सक अध्ययनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिब्यक्तिको मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको आरोप लगाएका छन् ।
भक्तपुरमा पत्रकारहरुसँग प्रसाईले आफूले तेह्र/चौध महिनाअघि बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुको अवस्थाका बारेमा दिएको अभिब्यक्तिलाई अहिले प्रचारमा ल्याइएको तर्क गरे ।
आफूले बंगलादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्ययनको वातावरण बनाउन सके राम्रो हुने भनेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्