
काठमाडौं । पेनाल्टी सुटआउटमा रियल बेटिसलाई ४–१ ले पराजित गर्दै एथलेटिको बिल्वाओले कोपा डेल रेको सेमीफाइनलमा स्थान बनाएको छ ।
सेभियामा गयराति भएको खेलमा निर्धारित र थप गरिएको समयमा १–१ गोलको बराबरीको नतिजा पछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
बिल्वाओका राहुल गार्सिया, इनाकी विलियम्स, जोन मोर्सिलो र युरी बर्चिचेले गोल गर्दा रियल बेटिसका एइसा मान्डीले मात्र गोल गर्न सफल भए ।
सर्जियो केनालेस र जुआनमीले गोल गर्न सकेनन् । त्यसअघि प्रतिस्पर्धात्मक खेलको ८४औं मिनेटमा जुआनमीकै गोलबाट रियल बेटिसले खेलमा अग्रता लिएको थियो ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा राहुल गार्सियाले इनिगो मार्टिनेजको पासमा गोल गर्दै खेललाई लम्ब्याएका थिए ।
यससँगै कोपा डेल रेको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि सेभिया, लेभान्टे र बार्सिलोनाले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्