रसुवामा ८७ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न • Image Khabar Image Khabar


रसुवामा ८७ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न


Imagekhabar
२० माघ २०७७, मंगलवार ११:५२

रसुवामा ८७ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न

रसुवा । रसुवामा ८७ प्रतिशत भुकम्पपिडितले निजि आवास पुनःनिर्माण सम्पन्न गरेका छन् । ११ हजार २ सय १७ जनाले निजी आवास निर्माणको काम पुरा गरेका हुन् ।

१२ हजार ८ सय ७६ लाभग्राही मध्ये १२ हजार ३ सय ४ जनाले मात्र निजि आवास पुननिर्माणको सम्झौता गरेका थिए ।

निजी आवास निमार्ण गर्न बाँकी रहेका लाभग्राहीहरुले यसै आर्थिक बर्ष भित्रमा निर्माण गरिसक्नुपर्ने छ ।

यस्तै जिल्लामा ९५ प्रतिशत बिद्यालय भवनको पुन निमार्ण गरीएको छ । जिल्लामा रहेका ९६ बिद्यालय मध्ये अधिंकांश बिद्यालयको पुर्ननिमार्ण सम्पन्न भई सकेका छन ।

बिनासकारी भुकम्पबाट प्रभाबित भएकाको निजी आवास पुननिर्माणका लागि रसुवामा साढे ३ अर्ब रकम बितरण भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्