
काठमाडौं, माघ १८ । प्रतिनिधि सभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले सृजनात्मक आन्दोलन गरेका छन् ।
आइतबार काठमाडौंको सिफलमा समाजका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले प्रतिनिधि सभा विघटनको विरोधमा आफ्नो कला तथा सिर्जनाको माध्यमबाट बिरोध प्रदर्शन गरेका हुन् ।
‘प्रतिगमनका विरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिईएको आन्दोलनमा साहित्यकार, लेखक, पत्रकार, प्राध्यापक, गीतसंगीतका श्रष्टा, विद्यार्थी लगायत नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कविता बाचन तथा सांगितिक प्रस्तुती राखिएको थियो ।
शिक्षाविद् केदारभक्त माथेमाले सरकारले संवैधानिक अंगहरुमाथि हस्तक्षेप बन्द गर्नुपर्ने बताउनुभयो ।
सरकारले विश्वविद्यालय लगायत राज्यका कुनैपनि निकायमा राजनीतिक हस्तक्षेप गर्न नहुने बताउँदै माथेमाले संघीयताप्रति सरकारको प्रतिबद्धता माग गर्नुभयो ।
लेखक खगेन्द्र संग्रौलाले नागरिक आन्दोलनको मर्म संसद पुनस्र्थापना र संविधानको रक्षा गर्नुमात्रै नभएर संविधान संशोधन गराउनेसम्म रहेको बताउनुभयो ।
नागरिक आन्दोलनमा समसामयिक राजनीतिक परिवेशसँग सम्बन्धित कार्टुन तथा प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्