१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


डा. केसी पक्षको अडानका कारण वार्ता हुन सकेन : बराल


0
Shares

काठमाडौं, साउन ६ । सरकारी वार्ता टोली र आमरण अनशनरत् डा. गोविन्द केसी पक्षबीच अनौपचारिक वार्ता जारी रहे पनि डा. केसी पक्षको अडानका कारण औपचारिक वार्ता हुन सकेको छैन ।

प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेका कारण वार्ता हुन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले बताए ।

‘हामीले उहाँहरुलाई निःशर्त वार्तामा आउन औपचारिक आग्रह गरेका छौं । तर, केसी पक्षबाट वार्ताका लागि ठोस पहल भएको छैन’–सचिव बरालले भने–‘वार्ताबाट निकास निकाल्न सरकार तयार छ । तर, संसदमा पुगेको विधेयक फिर्ताको अधिकार हामीसँग छैन ।’

यही असार १६ गतेदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले केही दिनअघि उनलाई जुम्लाबाट काठमाडौं ल्याइ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

डा. केसीले १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज स्थापना हुन नहुने अडान राख्दै आएका छन् भने सांसद र कानूनविद् एवं विज्ञहरुले यसको निरुपण सार्वभौम संसदबाट हुनुपर्नेमा जोड दिँदै आएका छन् । रासस