झापामा २७ वर्षीया महिला बलात्कृत, २९ वर्षीय युवक पक्राउ • Image Khabar Image Khabar


झापामा २७ वर्षीया महिला बलात्कृत, २९ वर्षीय युवक पक्राउ


Imagekhabar
१५ माघ २०७७, बिहीबार १३:४०

झापामा २७ वर्षीया महिला बलात्कृत, २९ वर्षीय युवक पक्राउ

काठमाडौं । २७ वर्षीया महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा झापा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१ बस्ने २९ वर्षीय सुमन घिमिरे रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको केन्द्री प्रहरी समाचार कक्षले जनाएको छ ।

घिमिरेले महिलालाई आइतबार दिउँसो जबरजस्ती करणी गरेको पीडित महिलालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्