५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


पौडी खेल्न गएका दुईजना बेपत्ता


0
Shares

सञ्जय कार्की (इमेज)

रौतहट, साउन ६ । रौतहटको चन्द्रपुर नगरपालिका–१, स्थित वाग्मती नदीमा पौडी खेल्न गएका दुईजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–१७ का सन्जय बस्नेत र राजेश ब्लोन छन् ।

आइतबार दिउँसो पौडी खेल्न गएका उनीहरु नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनीहरुसँगै गएका राम श्रेष्ठ भने पौडिएर बाँच्न सफल भएका छन् ।

बेपत्ता भएकाहरुको खोजीकार्य रौतहट र सर्लाही प्रहरीले संयुक्तरुपमा गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।