काठमाडौं, भदौ १२ । चक्रपथ विस्तार गर्दा रुख–बिरुवाको विकल्प दिनुपर्ने माग गर्दै स्थाीयहरुले विरोध गरेका छन् ।
सम्पदा तथा प्रकृतिप्रेमीहरुको एउटा समूहले बिहीबार स्वयम्भू चक्रपथ क्षेत्रमा रुखलाई अँगालो मारेर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले चक्रपथ विस्तारका लागि दुई हजार ५७ ओटा रुख बिनाविकल्प काट्न लागेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् ।
आफूहरु विकासविरोधी नभएको भन्दै उनीहरुले विकास प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिए ।
दोस्रो चरणको चक्रपथ विस्तारकाक्रममा कलंकीदेखि महाराजगन्जसम्म सडक किनाराका रुखहरु काट्ने तयारी भइरहेको छ ।
उनीहरुले चक्रपथ विस्तारको डिजाइनसमेत सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्