६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


टीकापुर घटना दोहोर्‍याउने षडयन्त्र : रावल


0
Shares

कैलाली, भदौ ११ । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताएका छन् ।

आज कैलालीको सदरमुकाम धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले जिम्मेवार नेता डा. बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको आरोप लगाए ।

मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन बाबुराम भट्टराई सक्रिय रहेको उनको आरोप छ ।

रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको टिप्पणीसमेत गरे । उनले प्रधानमन्त्री आफैँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गए पनि विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु जरुरी नभएको र यो काम आफैंमा विवादास्पद भएको बताए ।