मानव अधिकार आयोगको अध्यक्ष बनेर ठग्ने पक्राउ • Image Khabar Image Khabar


मानव अधिकार आयोगको अध्यक्ष बनेर ठग्ने पक्राउ


Imagekhabar
८ माघ २०७७, बिहीबार १७:३९

मानव अधिकार आयोगको अध्यक्ष बनेर ठग्ने पक्राउ

काठमाडौं, माघ ८ । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

सखुवासभा पाँचखपन गाउपालिका खमोर घर भै काठमाडौं ७ मित्रपार्क बस्दै आएका ६० बर्षीय तुलसी थापालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभएको छ ।

५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका पठाइदिने भन्दै थापाले एक व्यक्तिसँग १५ लाख लिई ठगी गरेको महाशाखाका प्रमुख थापाले बताउनुभयो ।

थापालाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्