२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सरकारको अलोकप्रियताका कारण जनतामा वितृष्णा: नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारको अलोकप्रियताका कारण जनतामा वितृष्णा बढ्दै गएको बताएका छन् ।

नेपाली महिला आन्दोलनकी अग्रणी नेतृ तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा आज काठमाडौको शोभा भगवतीमा रहेको शालिकमा माल्यापर्ण गर्दे उनले सरकारका काम जनबिरोधि भएकाले जनताप्रति वितृष्णा बढ्दै गएको बताएका हुन् ।

सरकारकै कारण देशमा भ्रष्टाचार मौलाउँदै गएको उनको भनाई थियो । भ्रष्टाचार नियन्त्रण भाषणमा मात्र सिमित भएको भन्दै उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोपसमेत लगाए ।

सरकारले गरेका गलत कामको नेपाली काँग्रेसले संसदीय मर्यादामा रहेर प्रतिवाद गरेको उनको भनाई थियो ।

नेता सिंहले मंगलादेवी सिंहले नेपाली महिला आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरे ।

सिंहले मंगलादेवी सिंहको योगदान र उनले देखाएको बाटोबाटै नेपाली महिला आन्दोलन सफल भएको दावी गरे ।

कार्यक्रममा शोभा भगवतीमा रहेको लौह पुरुष गणेशमान सिंह र मंगलादेवी सिंहको प्रतिमामा माल्यार्पण गरिएको थियो ।