Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


ओलीको पक्षमा उभिन खेलाडीहरुलाई गृहमन्त्रीको आव्हान


0
Shares

काठमाडौं, पुस २८ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई आव्हान गर्नुभएको छ ।

ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रियभेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाई राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभिन खेलाडीहरुलाई आव्हान गर्नुभएको हो ।

उहाँले दाहाल–नेपाल समुहलाई “गुट”को संज्ञा दिदै पार्टी फुटाउने र गुटबन्दी गर्नेको नभई पार्टीको पक्षमा उभिन निर्देशन दिनुभयो ।

उहाँले जनसंगठनहरु पनि विभाजित भएको अवस्थामा दाहाल–नेपालले नेतृत्व गरेको गुटमा नभई ओली बादलले नेतृत्व गरेको पार्टीको पक्षमा उभिन आव्हान गर्नुभयो ।

Skip This