नहरमा डुबेर बालकको मृत्यु « Image Khabar


नहरमा डुबेर बालकको मृत्यु


Imagekhabar
२१ पुष २०७७, मंगलवार २०:५५

झापा, पुस २१ । झापामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी-२ हिमाली चोकका ११ वर्षीय विवेक कार्की हुन् ।

घर नजिकैको नहरमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

नहरबाट उद्धार गरेर उपचारको लागि अस्पताल लगिएकोमा उनको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्