गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य धमाधम खुल्दै « Image Khabar


गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य धमाधम खुल्दै


Imagekhabar
१९ पुष २०७७, आईतवार १५:१३

पोखरा । गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरू खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्नसरकारले गत चैतदेखि मुलुकभर लगाएको लकडाउनबाट रोकिएका पर्यटकीय गन्तव्यहरू धमाधम खुल्न थालेका हुन् ।

पर्यटनमा आधारित हिमाली भेगका सबै पदयात्रा महिनौं ठप्प भएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रका महत्वपूर्ण पदयात्राको गन्तव्यमा पाहुना प्रवेशको बाटो खोल्न थालिएको छ । एक्याप भित्रका धेरै गन्तव्यमध्ये केही खुलिसकेका छन् भने कतिपय खुल्ने दिन तय भइसकेको छ ।

एक्यापका प्रमुख राजकुमार गुरुङका अनुसार हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ खुल्न बाँकी छ । केहीदिन अघि मुस्ताङको सदरमुकाम जोमसोम पर्यटकका लागि खुला गरिसकिएको छ । त्यस्तै एक्यापभित्रको महत्वपूर्ण गन्तव्य घान्द्रकु माघ १ देखि खुल्ने भएको छ । घोरेपानी पनि पुस १ देखि खुलिसकेको छ ।

हिमाली जिल्ला मनाङ कात्तिक पहिलो सातादेखि नै खुलिसकेको छ । मर्दी हिमाल असोजमै खुलेसँगै आन्तरिक पर्यटकको गन्तव्य बन्न पुगेको छ । घान्द्रुकबाट छोमरोङ, देउराली, माछापुच्छे« हुँदै अन्नपूर्ण आधारशिविरसम्म पुग्न भने कोरोना परीक्षणको पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्