राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्छः प्रधानमन्त्री ओली « Image Khabar


राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्छः प्रधानमन्त्री ओली


Imagekhabar
१७ पुष २०७७, शुक्रबार ०८:५५

काठमाडौं, पुस १७ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताउनुभएको छ ।

नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकाना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने दावी गर्नुभयो ।

उहाँले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएको दावी गर्नुभयो ।

आगामी दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधानहरूको सामना गर्नु परेको स्मरण पनि गर्नुभएको छ ।

आगामी वर्ष राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको अझ नजिक पुग्ने बताउँदै उहाँले राष्ट्रियता पनि अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्