 
	    भक्तपुर । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ ।
परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।
आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ ।
सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अङ्ग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने उनले बताए ।
गत असार १२ गते सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरेपछि यस वर्ष परीक्षार्थीको सङ्ख्या बढेको थियो । परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुनेछ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्