कोभिडका कारण विकास निर्माणका कार्य ओझेलमा : पर्यटनमन्त्री ढकाल « Image Khabar


कोभिडका कारण विकास निर्माणका कार्य ओझेलमा : पर्यटनमन्त्री ढकाल


Imagekhabar
१६ पुष २०७७, बिहीबार १३:५५

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरू ओझेलमा परेको स्वीकार गर्नुभएको छ ।

नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उहाँले कोभिडबाट मानव जीवन जोगाउन सरकारको ध्यान केन्द्रीत हुँदा विकास निर्माण, पर्यटन लगायतका क्षेत्रका कार्यक्रमहरू कार्यान्वन गर्न नसकिएको बताउनुभयो ।

सरकारले पर्यटन जीवनलाई माथि उकास्न आगामी दिनमा गर्न सक्ने कार्यहरूलाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजाने मन्त्री ढकालले बताउनुभयो । उहाँले पछिल्लो समय बेलायतबाट फैलिएको कोरोना संक्रमणको नयाँ स्वरुपका कारण केही देशबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द गरिएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्