मुस्ताङमा ९ महिनादेखि बन्द रहेका होटल सञ्चालनमा « Image Khabar


मुस्ताङमा ९ महिनादेखि बन्द रहेका होटल सञ्चालनमा


Imagekhabar
१६ पुष २०७७, बिहीबार ०८:५४

काठमाडौं, पुस १६ । कोरोना भाइरसका कारण ९ महिनादेखि बन्द रहेका मुस्ताङका होटल खुलेका छन् ।

मुस्ताङ होटल व्यवसायी संघको विशेष पहलमा जिल्लाका होटल व्यवसायीको सहमतिपछि होटल खोल्ने निर्णय भएको हो ।

योसँगै अब मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।

यसअघि मुस्ताङका होटल व्यवसायीले फागुन १ गते मात्र होटल खोल्ने बताएका थिए ।

एकसाता अघि म्याग्दीका होटल व्यवसायी संघ र अन्य पर्यटनसँग आवद्ध संघसंस्थाले दबाब सिर्जना गरेपछि मुस्ताङका होटल व्यवसायी होटल खोल्न तयार भएका हुन् ।

गण्डकी प्रदेशका अधिकांश जिल्लाका धार्मिक तथा पर्यटकीय स्थल सञ्चालनमा आए पनि हिमाली जिल्ला मुस्ताङमा कोरोना त्रासका कारण होटल खोल्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्