२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


किन प्रसिद्ध छ नेपालमा तन्त्र साधना ? गणेश देवतामा पीएचडी गर्ने शाक्य भन्नहुन्छ- ‘तन्त्र विज्ञान हो’


2.041k
Shares

काठमाडौं, पुस १२ । वरिष्ठ संस्कृतिविद प्रा.डा मिलनरत्न शाक्यले भगवान बुद्धको कार्यकारणको सिद्धान्त प्रतित्यसमुत्पाद तन्त्रमा अडेको बताउनु भएको छ ।

गणेश देवतामा विद्यावारिधी (पीएचडी) गर्नु भएका शाक्यले तन्त्रको आधार इड़, पिंगला र सुषुम्ना नाडी, रेचक, कुम्भक र पूरक योग पनि प्रतित्यसमुत्पादमा रहेको बताउनुभयो ।

यी उर्जा शक्तिका रुपमा गणेश, भैरव र कुमारी रहेको उहाँले बताउनुभयो ।

नेपाल तन्त्र साधनाको केन्द्र रहेको र नेपाल सम्वत्को शुरुसँगै तन्त्र परम्पराले व्यापकता पाएको उहाँको दावी रहेको छ ।

त्यसैले नेपालमा तान्त्रिक रुपमा अष्ट गणेश, अष्ट भैरव र अष्ट मातृकाको आराधना हुने गरेको उहाँको भनाइ छ ।

महामारीबाट बच्न विगतमा उग्र साधना समेत हुने गरेको तर अहिले सिद्ध भन्दा पनि प्रसिद्ध हुने होडमा तन्त्र विकृत भएको शाक्यको भनाइ रहेको छ ।

तन्त्रलाई मन्त्र, यन्त्र वास्तुज्योतिष आवश्यक रहेको तर कर्म गर्न नसक्नाले सिद्ध महापुरुष भन्दा पण्डितहरुमात्र रहेको बताउनुभयो ।

तन्त्र पढ्ने नभएर अनुभव गर्ने विषय भएको र यो सांकेतिक रुपमा रहेको उहाँले बताउनुभयो ।

नरेन्द्र मानन्धरले गर्नु भएको विशेष कुराकानीः

भिडियो हेर्नुहोस्