म्यानचेस्टर सिटीका खेलाडीलाई कोरोना « Image Khabar


म्यानचेस्टर सिटीका खेलाडीलाई कोरोना


Imagekhabar
११ पुष २०७७, शनिबार ०७:२४

काठमाडौं, पुस ११ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस र डिफेन्डर केली वाल्कर कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

खेलाडीसँगै क्लबका दुई कर्मचारीलाई पनि संक्रमण भएको छ ।

संक्रमण पुष्टि भएका खेलाडी तथा कर्मचारीहरु आइसोलेशनमा बसेका छन् ।

दुई खेलाडी प्रिमियर लिगअन्तर्गत डिसेम्बर २६ मा हुने न्यूक्यासल युनाइटेड र त्यसको दुई दिनपछि एभर्टन तथा चेल्सीसँग जनवरी ३ मा हुने खेलमा मैदान बाहिर हुने छन् ।

प्रतिक्रिया दिनुहोस्