२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १८ सय नाघ्यो


0
Shares

काठमाडौं, पुस ८ । पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९५२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।

हाल देशभर ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ५५९ नमूनाको पीसीआर परीक्षण गरिएको छ ।